काठमाण्डाैं – नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र शनिबार सार्वजनिक गर्ने भएकाे छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले यसअघि नै संकल्प पत्र सार्वजनिक गर्ने तयारी गरेकाे थियाे ।तर, सभापति देउवा चुनावी प्रचारका लागि देश दाैडामा रहेका कारण कांग्रेसले तिहारपछिलाई सारेकाे हाे । प्रमुख दलहरुले छठपछि धमाधम चुनावी घाेषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया