काठमाडाैं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज एउटामात्रै खेल हुँदै छ । नेपाली समय अनुसार दिउँसो पौन २ बजे न्यूजिल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुुने छ ।
समूह १ मा न्यूजिल्याण्ड ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने श्रीलंका २ अंकका साथ पाँचौं स्थानमा छ । न्यूजिल्याण्ड विजयी भए शीर्ष स्थानमा यथावत रहँदा अंक थप गर्ने छ भने श्रीलंका विजयी हुँदा शीर्ष स्थानमा उक्लने छ ।
वर्षाले लगातार खेल प्रभावित हुँदा समूह १ को समिकरण नै रोमाञ्चक बनेको छ । आजको खेल रद्द भएर अंक बाँड्नु पर्ने अवस्था आएमा श्रीलंका नेटरनरेटका आधारमा तेस्रो स्थानमा उक्लने छ ।





प्रतिक्रिया