देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मंसिर ४ पछिको सरकारको नेतृत्व पनि कांग्रेसले गर्छ : प्रकाशमान

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।

आज काठमाडौंको नयाँबानेश्वरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सिंहले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताए ।

अब नागरिकको चाहाना अनुसारको शासन व्यवस्थामा सुधार, भ्रष्टाचार अन्त्य र विधिको शासन कायम गर्दै समृद्धि हासिल गर्ने उनले बताए । यी सबै काम कांग्रेस नेतृत्वको सरकारले मात्रै गर्न सक्ने सिंहले बताए ।

अबको निर्वाचनले मुलुकलाई राजनीतिक स्थायीत्व प्रदान गर्ने उनले बताए । अवसर पाउँदा कसले के गरिरहेको छ र कसले के गरेन भनेर लेखाजोखा गर्न पनि उनले मतदातालाई आग्रह गरे ।