काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ ।
ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेकी डा. कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनको पक्षमा काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् ।
डा. कार्की त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालतमा पुगेकी छन्। रिट दर्ताअघि उनले भनिन्, ‘निर्वाचन अयोगको निर्णय शंकास्पद छ । कतै बाहिर शक्तिको प्रभाव परेको त होइन ?’





प्रतिक्रिया