देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रमुख आयुक्त थपलिया र जापानी राजदूतबीच भेटवार्ता

देशान्तर

काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच आज भेटवार्ता भएको छ । नेपालको आसन्न निर्वाचनका सन्दर्भमा सो अवसरमा कुराकानी भएको थियो ।

कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न राजदूत युताकालाई आग्रह गरिएको थियो ।