देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवाले मेडिकल कलेज बनाउने भन्दै डडेल्धुरामा भोट मागेको ओलीको आरोप

देशान्तर

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जित्न डडेल्धुराको गन्यापधुरामा मेडिकल कलेज सञ्चालन गर्छु भनेर भोट मागेको आरोप लगाएका छन् ।

शुक्रबार बिहान कैलालीस्थित एमाले सचिव लेखराज भट्टको घरमा पार्टी प्रवेश कार्यक्रममा उनले कैलालीको गेटामा एमालेले बनाएको संरचनामा मेडिकल सञ्चालन नगरेर अन्तिम चुनाव जित्न गन्यापधुरामा मेडिकल कलेज सञ्चालन गर्छु भनेर भोट मागेको आरोप लगाएको हो ।

ओलीले गेटा मेडिकल कलेज आफूहरूको सरकाले बनाएको दाबी गर्दै देउवाले चुनाव जित्न एमालेले बनाएको गेटा मेडिकल कलेज सञ्चालन गर्न छोडेर गन्यापधुरामा चलाउँछु भने तर त्यो सम्भव नभएको बताए ।

ओलीले भने, ‘देउवाले यो पटकको अन्तिम चुनाव जित्न हामीले बनाएको गेटा मेडिकल कलेज सञ्चालन गर्न छोडेर गन्यापधुरामा चलाउँछु भने । त्यहाँ कसरी मेडिकल कले चलाउँछन् रु मेडिकल कलेज चलाउन कम्तीमा पनि तीन सय बेड क्षमताको अस्पताल चलाउनु पर्छ । संरचना हुनुपर्छ । बिरामी हुनुपर्छ , तिनको उपचार गरेर विद्यार्थीले अनुसन्धान गर्ने होला । चुनाव जित्न जे पनि भनिदिने ।’

अहिले सत्ता गठबन्धनमा रहेका दलहरूले चुनाव जित्न र सत्तामा जानका लागि जे पनि बोल्ने र जुनसुकै हदमा पनि जान कुनै कसर बाँकी न छोडेको ओलीको भनाइ थियो ।