देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमेरिकी सुरक्षा सल्लाहकार जेक सुलिभान र युक्रेनी राष्ट्रपति बीच भेटवार्ता

देशान्तर

काठमाडाैं – अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा भेटवार्ता गरेका छन् । जारी रुसी आक्रमणका बीचमा अमेरिकाले ४०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माक, रक्षा मन्त्री रेज्निकोभ र अन्य नेताहरूसँग सँग आज कीभमा भेटवार्ता गरेको र युक्रेन त्यहाँका जनतालाई संयुक्त राज्य अमेरिकाको दृढ समर्थन रहेकोमा पुनः जोड दिइएको छू राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले सुलिभानले थप ४०० मिलियन अमेरिकी डलरको सुरक्षा सहायता प्याकेज घोषणा गरेको र त्यस सहायता प्याकेजमा नवीकरण गरिएको टी(७२ ट्याङ्कहरू, मानवरहित हवाई वाहनहरू र विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेका छन् ।

अमेरिकी सुरक्षा सल्लाहकारले पनि उनीहरूले आर्थिक र मानवीय सहायता जारी राख्ने र रुसलाई आक्रमणका लागि जवाफदेही बनाउन साझेदारहरूसँग जारी प्रयास जारी राख्ने बताएका छन् ।

यसअघि अमेरिकाले रुस–युक्रेन युद्धको बीचमा क्यालिफोर्नियाको टेट्रा टेक इन्कलाई ४७ दशमलव ६ मिलियन अमेरिकी डलर दिएर युक्रेनमा माइनिङ तालिम परियोजना शुरु गरेको थियो ।