देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफू नेतृत्वको सरकार ढलेपछि ओली विचल्लित भएको माधव नेपालको आरोप

देशान्तर

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि विचल्लित भएको टिप्पणी गरेका छन् ।

विभिन्न पार्टी परित्याग गरी नेकपा(एकीकृत समाजवादी)  मा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले ओली नेतृत्वको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले विचल्लित भएको आरोप लगाएको हो । अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताए । उनले अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि विद्रोह गर्नुपरेको बताए ।

उनले भने, ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्‍यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौं । टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन् । यो त संकलन गर्नुपर्छ । केके बोले अहिलेसम्म । झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि ज्येष्ठ नागरिक भत्ता ५ हजार पुर्‍याउने बताए। उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको बताए । उनले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गरे ।

उनले पर्यटन क्षेत्रको खोजी गरी विकास गर्न आवश्यक रहेको बताए । अध्यक्ष नेपालले नेपालको आर्थिक स्तरोन्नतीको लागि विद्युत र पर्यटन क्षेत्रको बिस्तार गर्न जरुरी रहेको बताए।

उनले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीहरुको लागि छिन्नभिन्न हुने र जोडिने कुरा सामान्य भएको जिकिर गरे ।