देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता : पौडेल

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताएका छन् ।

लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ कार्यसमितिले आज यहाँ आयोजना कार्यक्रममा नेता पौडेलले देश र जनताप्रति समर्पित नेता सिंह भएको बताएका हो ।

“गणेशमान सिंह पार्टीको सभापति र प्रधानमन्त्री हुनुभएन तर उनको राजनीतिक उचाइ पार्टी सभापति र प्रधानमन्त्री हुने व्यक्तिकोभन्दा बढी छ”, उनले भने । उनले गणेशमान सिंहको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन नसकेकामा गुनासो गरे ।

लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकको परिवर्तन र नागरिक अधिकारका लागि निष्ठापूर्वक लड्ने गणेशमान सिंहको योगदानबारे भावि पुस्तालाई बुझाउनुपर्ने बताए ।

नेता पौडेलले प्रधानमन्त्री पद प्राप्त गर्दासमेत प्रधानमन्त्री नबन्ने गणेशमान सिंहको बाटोमा नेपाली राजनीतिलाई लैजान सकेमात्र उनप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।