देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शनिबार चितवनमा गठबन्धनको सभा, शीर्ष नेताले सम्बोधन गर्ने

देशान्तर

चितवन – लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ ।
सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए ।

यस्तै नेकपा एमालेले पनि चितवनमा चुनावी सभा गर्दैछ । एमालेको सभा कात्तिक २८ गते छ । सो सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली चितवन आउने छन् ।