काठमाडौँ – लोकतान्त्रिक-वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन् । उनी हेलिकोप्टरबाट भरतपुर विमानस्थलमा पुगेका हो ।
प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जाने छन् । गुरुङकी पत्नी शीरमाया गुरुङको कात्तिक २० गते निधन भएको थियो । समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङनिवास जाने भएको हो ।
त्यहाँबाट गैँडाकोटका सामाजिक र राजनीतिक व्यक्तित्व स्व तिलक सापकोटाको निवास पुग्नुहुने छ । सापकोटाको यही कात्तिक २३ गते निधन भएकामा परिवारजनमा समवेदना प्रकट गर्न उन गैँडाकोट जान लागेका हो । त्यहाँबाट फर्किएर भरतपुरस्थित गेस्टहाउस चौरमा हुने सभालाई उनले सम्बोधन गर्दै छन् ।
सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीलगायतका नेताले सम्बोधन गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।
कार्यक्रमपछि आजै प्रधानमन्त्री देउवासहित शीर्षनेताहरू फर्कने कार्यक्रम रहेको छ ।





प्रतिक्रिया