देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लमजुङमा निर्वाचन अवधिभर मदिरा बिक्री-वितरणमा रोक

देशान्तर

लमजुङ – प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी लमजुङ जिल्लाभरि आइतबारदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गर्दै जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी गराएको हो।

लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सूचना जारी गरिएको बताए।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था, सर्वदलीय-सर्वपक्षीय, समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिसबमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार निर्वाचनसम्बन्धी कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन गर्न निषेधित गरिएको सूचनामा उल्लेख छ ।