देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज विश्व मधुमेह दिवस : युवाहरुमा मधुमेहको समस्या बढ्दै

देशान्तर

काठमाडौं – विश्व मधुमेह दिवसको अवसरमा ललितपुरमा सचेतनामुलक र्‍याली गरी विश्व मधुमेह दिवस मनाइएको हो । अल्का अस्पताल प्रा.लि.ले विश्व मधुमेह दिवसको अवसरमा ललितपुरको जावलाखेल, सातदोबाटो, कुमारीपाटी, लगनखेल परिक्रमा गरी

गरेको थियो । साथै अस्पतालले आजको दिन अस्पतालमा मधुमेह रोगको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । अस्पतालले आज एक दिनमा २ सय जना बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र १० दिनसम्म पुग्ने मधुमेहको औषधिसमेत दिने बताएको छ ।

शिविरमा बोल्दै अल्का अस्पताल प्रा.लि.का प्रशासन प्रमुख भगवान केसीले मधुमेहसम्बन्धी दीर्घ रोगीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेको बताए । उनले अस्पतालले मधुमेहसम्बन्धी बिरामीहरुको लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र शिविरमा उल्लेख्य बिरामीहरुको चाप रहेको बताए । शिविर आज बिहान ९ बजेबाट शुरु भइ दिउँसो ३ बजेसम्म चल्ने बताए ।

त्यस्तै इण्डोक्राइनोलोजिस्ट डा.प्रियादर्शनी योन्जनले मधुमेह रोग लागेका ३५ प्रतिशत बिरामीहरुमा आँखाको समस्या हुने गरेको भन्दै शतर्कता अपनाउन आग्रह गरे। उनले पछिल्लो समय तिब्र रुपमा मधुमेहका बिरामीहरुको संख्या बढीरहेकाले त्यसतर्फ सबै जनाले शतर्कता अपनाउन जरुरी रहेको बताए ।

उनले अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरुलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने बताए। उनले नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको बताए। अहिले ३० वर्ष भन्दा माथिका मानिसहरुमा यो समस्या धेरै देखिन थालेको उनको भनाइ छ।

खानपानमा ध्यान नदिने,जङफुडहरु बढी खाने र शारीरिक कसरतको कमीका कारण युवाहरुमा पनि मधुमेहको समस्या बढ्दै गएको बताए। मधुमेह नियन्त्रणमा गर्न नसके आँखाको समस्या चाँडै देखिने भन्दै उनले ३० वर्ष भन्दा माथिका हरेक मानिसहरुले हरेक वर्ष सुगर परीक्षण गर्नुपर्ने बताए ।

उनले मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाव लाग्ने,तौल कम हुने लगायतका समसया हुनेपनि बताए। डा. योन्जनले मधुमेहको समस्या भएका बिरामीहरुले ६/६ महिनामा परीक्षण गर्नुपर्ने बताए। उनले मधुमेहका बिरामीहरुले हरेक एक महिनामा आँखा अस्पताल वा डाक्टरलाई आँखाको पर्दा चेक गराउन र औषधिहरु समयमा नै खान सुझाव दिए ।