देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्चको आदेश– तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्नू

देशान्तर

काठमाडौँ – सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डाक्टर तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने आदेशलाई निरन्तरता दिएको छ ।

निर्वाचन आयोगले दिएको भ्याकेट निवेदनको सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो । कार्कीले सरकारी लाभको पद हुँदा हुँदै उम्मेदवारी दिएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको घोषणा गरेको थियो ।

आयोगको निर्णयविरुद्ध कार्कीले निवेदन दिएपछि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश दिएको थियो ।

तर यो आदेशको खारेजीको माग गरेर आयोगले भ्याकेट निवेदन दिएको थियो ।