देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मनिलाको आवासीय क्षेत्रमा आगो लाग्दा ५ जनाको मृत्यु

देशान्तर

मनिला – नाभोटास नगरको भीडभाडयुक्त समुदायिक बस्तीमा आगो लाग्दा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जलेर दुई वर्षीय एक बालक, १८, १९, ४० र ५० वर्षीय महिलाको ज्यान गएको तथा ६४ वर्षका एक पुरूष र ५१ वर्षिया महिला घाइते भएकी अग्नि सुरक्षण विभागले जनाएको छ।

आगलागीबाट एक सय ११ परिवार प्रभावित भएका तथा केही पीडित अस्थायी आश्रयस्थलमा बसेका छन्। दुर्घटनामा अन्यको पनि ज्यान गएको हुनसक्ने आशङ्कामा खोजी जारी छ। अपराह्न चार बजे लागेको आगो राति नौ बजे निभाइएको थियो।