देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि स्थिर समय सुरु, मध्यरातबाट अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

देशान्तर

काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुँदैछ ।

यही मंसिर ४ गते हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिएपनि यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ ।

यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम भएकाले उक्त समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।

त्यस्तै निर्वाचनका लागि आज मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । आज राति १२ बजेदेखि ४ मंसिर अर्थात मतदान नसकिएसम्म अत्यावस्यक अवस्थाबाहेकमा आवतजावत बन्द गर्न सरकारले समन्वय गरेको छ ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरिएको गृह मन्त्रालयले जनाएको छ।