देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थिर समय र निर्वाचनका दिन नियोकले २ हजार पर्यवेक्षक परिचालन गर्ने

देशान्तर

काठमाडौं – राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लाहरुमा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ ।
नियोकले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बौल्दै नियोकमा महासचिव देविकानन्द तिमिल्सिनाले तराईका केही जिल्लामा निर्वाचन प्रचारप्रसारका क्रममा द्वेषपूर्ण अभिव्यक्ति, दलहरुबीच झडप, दलका नेता र उम्मेदवारहरुबाट निर्वाचन आचारसंहीताको उल्लंघन र प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग गर्नुका साथै निर्वाचन अभियानमा बालबालिकाको प्रयोग गरेको पाइएको बताए।

उनले नियोकले असोज महिनाको अन्तिम साताबाट नै निर्वाचन पूर्वअवधिको प्रर्यवेक्षण गर्न नेपालका ७७ वटै जिल्लामा ७७ तालिमप्राप्त दीर्घकालीन पर्यवेक्षकहरु खटाएको बताए। महासचिव तिमिल्सिनाले पर्यवेक्षकहरुले निर्वाचन आयोगको तयारी, मतदाता रिपोर्टिङ प्रणाली प्रयोग गरी आफ्नो आफ्नो जिल्लाबाट नियमित पर्यवेक्षण प्रतिवेदन पठाउँदै आएको बताए।

उनले नियोकले निर्वाचनको दिन र स्थिर समयको दिन सम्पूर्ण क्रियाकलापको पर्यवेक्षण गर्न ७ प्रदेश र ७७ वटै जिल्लामा करिव २ हजार छोटो अवधिका पर्यवेक्षकहरु परिचालन गर्ने बताउनु भयो । उहाँले छोटो अवधिका पर्यवेक्षकअन्तर्गत १५० जना राष्ट्रिय पर्यवेक्षकसहित मतदान केन्द्र लक्षित स्थिर र घुम्ती पर्यवेक्षकहरु रहेको पनि स्पष्ट पारे।

नियोकले पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्रको व्यवस्था लगायत कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । त्यस्तै निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन नियोकले राष्ट्रिय स्तरमा डाटा सेन्टर को स्थापना गर्ने भएको छ ।

मतदानको दिन मतदान केन्द्रहरुमा खटिएका नियोकका पर्यवेक्षकसँग एसएमएस प्रविधिमार्फत नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना संकलन र संप्रेषण गर्ने उद्देश्य रहेको महासचिव तिमिल्सिनाले बताए । उनले डाटा सेन्टरमा मतदानको दिन मतदान स्थलमा कुनैपनि अप्रिय घटना भए त्यसमको विववरण डाटा सेन्टरमा राखिएका (९८००८३४१४७ र ९८४१४५५५०४) नम्बरमा सम्पर्क गर्नसक्ने बताए ।

नियोकले आसन्न निर्वाचनमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत रुपमा सम्पन्न गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेको छ ।