देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेप्से २५ अंकले बढ्दा एक अर्ब ७१ करोडको सेयर किनबेच

देशान्तर

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज पनि नेप्से बढेको छ । अघिल्लो दिन १३ दशमलव ४० अंकले बढेको नेप्से आज (बिहीबार) पुन: २५ दशमलव ५७ अंकले बढेर १९ सय ३६ दशमलव ८३ अंकमा पुगेको छ ।दुई सय २३ वटा कम्पनीहरुको २७ हजार दुई सय ३१ पटकको कारोबारमा आज ४३ लाख ८४ हजार चार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब ७१ करोड ५४ लाख १९ हजार दुई सय ८६ रुपैयाँ पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४९ अंकले बढेर तीन सय ८१ दशमलव ६ अंकमा पुगेको छ ।नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव २७ अंकले बढेर १३ सय ५७ दशमलव ९२ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि ६४ दशमलव ९१ अंकले बढेर तीन हजार चार सय ६२ दशमलव ५५ अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक ६१ दशमलव ६९ अंकले बढेर दुई हजार २९ दशमलव २५ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक ५६ दशमलव ७४ अंकले बढेर नौ हजार ७७ दशमलव चार अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक एक सय दुई दशमलव १७ अंकले बढेर सात हजार ६ सय ७५ दशमलव ९९ अंकमा चढेको छ । फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहको सूचक पनि बढेका छन् ।

यसैगरी आज रिडी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता पाँच सय १२ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ३९ लाख १५ हजार नौ सय ७२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबै भन्दा बढी हो ।

नेप्सेमा आज सिक्लेस हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ८८ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा फरवार्ड माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य दुई दशमलव ९७ प्रतिशतले घटेर २६ सय १० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।