देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचनका लागि खटिए कर्मचारी र सुरक्षाकर्मी

देशान्तर

लमजुङ – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा कर्मचारी र सुरक्षाकर्मी आ-आफ्नो केन्द्रमा खटिएका छन्। आठ वटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा १४ सय ९७ कर्मचारी र २३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लाभर एक सय ८८ मतदान अधिकृतसहित १४ सय ९७ कर्मचारी आ-आफ्नो निर्वाचन सामग्री बुझेर निर्वाचनको केन्द्रमा पुगेका छन् ।सुरक्षाका लागि म्यादी प्रहरी एक हजार ९७ जना खटिएका छन् । नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना चार सय ६०, सशस्त्र प्रहरी एक सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिएका छन् । उनीहरूलाई मतदान स्थल, मतदान केन्द्रको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदान स्थल छन् । कारागार र समन्वय समिति अस्थायीसहित एक सय ८८ वटा मतदान केन्द्र छन् । लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता छन् ।

संघ तर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेशतर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेशसभा (क) तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन् ।

त्यस्तै, प्रदेश सभा (ख) तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।