देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौं सुनसान

देशान्तर

काठमाडौं – निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरु बढेसँगै काठमाडौं सुनसान बनेको छ ।
मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाडौंका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्द छन ।

काठमाडौंको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिएपनि काठमाडौंका भित्रि गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ । मंसिर ४ गते आईतवार (भोलि) एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।

निर्वाचनमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासको लागि सक्षम नेतृत्व चयन गर्न बाहिरि जिल्लाहरुबाट काठमाडौं आइ बसोवास गर्नेहरु आफ्नो गृह जिल्ला फर्किंदा काठमाडौं सुनसान बनेको हो ।

त्यस्तै काठमाडौंका सुनसान सडकमा सुरक्षाकर्मीहरुले भने सुरक्षा दिइरहेका छन् । निर्वाचन बिथोल्नसक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरु सुरक्षाको लागि तैनाथ छन् ।

यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरु धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ । निर्वाचन आयोगले भने निर्वाचन सम्बन्धी सम्पूर्ण तयारीहरु सकिसकेको जनाएको छ । निर्वाचन भोलि बिहान ४ बजेबाट साँझ ५ बजेसम्म हुनेछ ।