देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाङ – २ मा लोकतान्त्रिक गठबन्धनका रेखाको सुरुआती अग्रता

देशान्तर

काठमाडौँ – दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले सुरुआती अग्रता लिएका छन् ।

दुई हजार सात सय ८० मत गणना हुँदा उहाँले एक हजार चार सय ५० मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का शङ्कर पोखरेलले आठ सय ४६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

यस क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार चार सय ४६ मत खसेको थियो । यस क्षेत्रको मतगणना घोराहीस्थित जिल्ला समन्वय समितिकोे हलमा जारी छ ।