देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हुम्लामा मतपेटिका संकलन गर्न हेलिकप्टर

देशान्तर

हुम्ला – हुम्लाको दक्षिण भेगमा रहेका ३४ मतदान केन्द्रको एक सय ३६ मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । दक्षिण क्षेत्रका चार गाउँपालिकाअन्तर्गतको ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइने भएको हो ।

दूर्गम क्षेत्रको मतदान केन्द्रबाट पैदल मार्गबाट ढुवानी गरेर ल्याउन जोखिम देखिएपछि निर्वाचन आयोगले हेलिकोप्टरमै ढुवानी गर्न सहमति दिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । लामो प्रयासपछि आयोगले हेलिकप्टरमा ती मतपेटिका हेलिकप्टरमा ढुवानी गर्न सहमति दिएपछि त्यो सम्भव भएको उनले बताइन् ।

हेलिकप्टरले सर्केगार्डबाट सिमकोटका लागि दुई उडान भरेर मतपेटिका ढुवानी गरिनेछ । मतदान कार्य सम्पन्न भएको दुई दिन बित्न लाग्दा पनि आधाभन्दा बढी मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छैन ।