देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफूलाई उदाउँदो सूर्य भन्दै सागर ढकालले भने : देउवाज्यू अब चाहिँ आराम गर्नुस्

देशान्तर

काठमाडौँ – डडेल्धुरामा प्रतिनिधिसभातर्फको मतगणना सकिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २५ हजार ५३४ मत पाएर विजयी भएका छन्। यो क्षेत्रमा उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले टक्कर दिएका थिए । उनी भने १३ हजार ४२ मत पाउँदै दोस्रो भएका छन्।

मतगणनाको अन्तिम परिणाम आएसँगै सागर ढकालले आफूलाई सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन्। एक भिडियोमा उनले चुनावको समीक्षा गर्दै प्रधानमन्त्री देउवालाई बधाई दिएका छन्। ढकालले प्रधानमन्त्री देउवालाई भावी प्रधानमन्त्रीको प्रत्याशित नबनेर आराम गर्न अनुरोध पनि गरेका छन्।

‘धेरै युवाहरु संसदमा जादैछन्। अब फेरि तपाईंले नेतृत्व गर्न सुहाएन। सम्माननीय प्रधानमन्त्रीज्यू अब चाँहि आराम गरिदिनुहोस् भन्न चाहन्छु। अब पनि फेरि प्रधानमन्त्रीको प्रत्याशित नबनिदिनुहोस्। लाजमर्दो हुन्छ। मेरा संसदमा जाने तमाम युवाहरुलाई मेरो अनुरोध छ। सकेसम्म शेरबहादुरलाई रोक्नुहोस्। भावी प्रधानमन्त्री नबन्न शेरबहादुरज्यूलाई पनि अनुरोध गर्छु। अब तपाईं आराम गर्नुहोस्। अब तपाईको राजनीति सकिसक्यो। अब हामी युवाहरु आइसक्यौं। यो शेरबहादुर देउवाको अन्तिम चुनाव होला। अब आउने त मै हो। प्रधानमन्त्री देउवा ढल्किदो सूर्य हुनुहुन्छ म उदाउँदो सूर्य हुँ,’ उनले भनेका छन्।

उनले आफूले सोच विचार गरेर नै राजनीतिमा आएको भन्दै थप भने। ‘मैले नातिको भविस्य हेरेर राजनीति गरेको हो। मैले १० वटा चुनाव सोचेर यो चुनाव लडेको हो। चुनाव अंकगणित हो हारजीत भइहाल्छ। तर, अबका १० वटा चुनाव कसरी लड्नेरु मेरो नातिको भविष्य के हुने र अबको २० वर्षको नेपाल कस्तो हुने भन्ने मुख्य विषय हो।’

ढकालले देउवामाथि आफूलाई रोक्ने प्रयास गरेको आरोप पनि लगाएका छन्। र, अर्को निर्वाचनमा फेरि चुनाव लड्ने पनि बताएका छन्।