काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी-२ मा उम्मेदवार बनेर पराजित एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले चुनावले आफूलाई समाजमा भएको राजनीतिको गलत प्रयोग बुझ्ने अवसर मिलेको बताएकी छन् ।
उनले गुल्मी-२ बाट निर्वाचित एमालेका सचिव गोकर्ण विष्टलाई बधाई तथा शुभकामना पनि दिएकी छन् । निर्वाचन अभियानले आफूलाई समाजको पिँधसम्म पुग्ने मौका मिलेको भन्दै झाँक्रीले समाजमा राजनीतिले पारेको प्रभाव बुझ्ने ठूलो मौका मिलेको बताइन् ।
यो निर्वाचन मेरो लागि अत्यन्तै रोमाञ्चक रह्यो । ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा, समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ, निर्वाचन परिणाम स्वीकार गर्दै उनले लेखेकी छन्, यो साढे दुई दशकमा समाजलाई जसरी डिपोलिटिसाइजेसनु (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ नि‚ त्योचाहिँ लोकतन्त्रका लागि गम्भीर छ, डर लाग्दो छ।
एकीकृत समाजवादीकी सचिव झाँक्रीले निर्वाचनमा जय र पराजय सामान्य प्रक्रिया भएको बताएकी छन् । मेरो पक्षमा हजारौं मतदाताले आफ्नो अभिमत दिनुभएको छ, यसप्रति म सधैँ ऋणी हुनेछु, उनले भनेकी छन् । गुल्मी -२ बाट निर्वाचित विष्टलाई बधाई दिँदै उनले गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा साथमा रहने बताएकी छन् ।





प्रतिक्रिया