देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वी नवलपरासीमा शशाङ्कको अग्रता कायमै

देशान्तर

काठमाडौँ – पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अग्रता कायमै राखेका छन् ।

मतगणना सुरु भएपछि अग्रस्थानमा रहेका उनले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गरेका छन् । कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहेका छन् भने नेकपा (एमाले)का कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गरेका छन् ।

पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीले अग्रता कायम राखेका छन् । कार्कीले १७ हजार एक सय १० मत प्राप्त गर्दा दोस्रो स्थानमा एमालेका तिलबहादुर महतले १६ हजार आठ सय सात मत प्राप्त गरेका छन् ।