देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गगन थापाको क्षेत्रमा गठबन्धनका कुसुम कार्की पराजित

देशान्तर

काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर ४ ‘ख’ मा एमालेका जयराम थापा विजयी भएका छन् ।

गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कुसुम कार्कीलाई पराजित गर्दै थापा विजयी भएका हुन् । थापाले १ हजार ३१७ ल्याए भने ‘ग’ कार्की ८ हजार ३८२ मात्र मत ल्याए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पुण्यलाल श्रेष्ठले ५ हजार १७७ ल्याएका छन् । गठबन्धनको पराजयमा राप्रपाले पाएको अप्रत्याशित मतलाई हेरिएको छ । बागमती प्रदेशका निवर्तमान सांसद कार्की पराजित भएपछि गठबन्धनले कांग्रेसलाई मात्र राहत देखिएको छ ।

कांग्रेस महामन्त्री थापा काठमाडौं – ४ बाट ७ हजार ४४७ मतान्तरले विजयी भएका छन् । यस्तै काठमाडौँ क्षेत्र नं ४ ९१० मा पनि कांग्रेस श्रीराम लामिछाने विजयी भएका छन् । लामिछानेले राप्रपाका ऋद्धि राणालाई ५२१ मतान्तरले पराजित गरेका छन् । प्रदेशसभा ९१० मा एमाले तेज ढकालले भन्दा राप्रपाका ऋद्धि राणाले बढि मत ल्याए ।

लामिछानेले ७१२५ मत ल्याए भने राप्रपाका राणाले ६६०४ तथा एमालेका ढकालले ४४३५ मत ल्याएका थिए ।