देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाङ १ मा एकीकृत समाजवादीका चौधरी विजयी

देशान्तर

काठमाडौं – दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गरेकी मतदान अधिकृत मानबहादुर विष्टले जानकारी दिए। उनीहरुबीच पाँच हजार दुई सयको मतान्तर रहेको छ । त्यस्तै स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार सात सय ९४ मत प्राप्त गरेका छन्।

क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय मत खसेको थियो । दाङ–१ को प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का इन्द्रजित थारू निर्वाचित भएका छन्। उनले एक हजार सात सय ७५ मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १३ हजार पाँच सय पाँच मत प्राप्त गरे भने एमालेका गङ्गाराम भट्टराईले ११ हजार सात सय ३० मत प्राप्त गरेका छन्।

थारू लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री हुन् । यसअघि एमालेसँग तालमेल गरेर चुनाव जितेका थारू यसपालि गठबन्धनबाट उम्मेदवार बनेका थिए। सो क्षेत्रमा ४० हजार एक सय छ मत खसेको थियो ।