देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बर्दिया–१ (२) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित

देशान्तर

काठमाडौं – बर्दिया क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी विजयी भएका छन्। उनले १३ हजार दुई सय ३० मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का भक्तबहादुर विश्वकर्माले १२ हजार एक सय ८३ मत प्राप्त गरेका छन्।

चौधरी एक हजार ४७ मतको अन्तरले विजयी हुन सफल भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ। गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार अञ्जु दहितले ११ हजार चार सय ९० मत पाएकी छिन्। दहित बारबर्दिया नगरपालिकाकी पूर्वउपप्रमुख हुन् ।

बर्दियामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाकै मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा–१ मा कांग्रेसका सञ्जयकुमार गौतम, क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार लालवीर चौधरी, क्षेत्र नं १ (१)का सदस्य कांग्रेसका भुवनेश्वर चौधरी, १ (२) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी र क्षेत्र नं २ (१)मा जन्मजय तिमिल्सेना र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी क्षेत्र नं २ (२)मा विजयी भएका छन्।