काठमाडौं – कैलाली निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका कमलबहादुर शाह विजयी भएका छन्। उनले १० हजार चार सय ३३ मतका साथ विजयी प्राप्त गरेको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिए।
उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रतनबहादुर थापाले आठ हजार सात सय ७५ मत प्राप्त गरे। नेकपा (एमाले)का कमलाकुमारी ओलीले आठ हजार ८२ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोदसिंह राठौर ठकुरीले दुई हजार एक सय ३६ मत प्राप्त गरेका छन्। कुल ३१ हजार आठ सय २६ मत खसेको प्रदेशसभामा एक हजार सात सय ७८ मत बदर भएको निर्वाचन अधिकृत जोशीले बताए।





प्रतिक्रिया