काठमामाडौं – डोल्पा प्रदेश (२)मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही निर्वाचित भएका छन्।
शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । उनले नेकपा (एमाले)का धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हासिल गरेका हुन्।
शाहीका निकटतम् प्रतिद्वन्द्वी बैजीले चार हजार पाँच सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए। डोल्पा प्रदेश (१) मा भने एमालेका शेरबहादुर बुढा दुई हजार दुई सय ७८ मतान्तरमा चार हजार सात ४३ मत ल्याएर निर्वाचित भए।
उनका प्रतिस्पर्धी नेपाल कांग्रेसका दीपेन्द्रबहादुर शाहीले दुई हजार चार सय ६५ मत ल्याएका थिए।





प्रतिक्रिया