देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुनावमा सोचेजस्तो परिणाम आएन : प्रचण्ड

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको बताएका छन्। गोरखाबाट निर्वाचित भएपछि आयोजना गरिएको धन्यवाद सभामा बोल्दै प्रचण्डले जुन उद्देश्य र लक्ष्य लिएर गठबन्धन गरिएको चुनावबाट त्यो पूरा नभएको बताए। उनले आफूले गोरखाका अन्य कार्यक्रमलाई थाती राखेर काठमाडौंमा गठबन्धनका नेताहरूसँग तुरुन्तै छलफल थाल्ने पनि बताए ।

‘गठबन्धन परिणमको रूपमा हेर्दा त सफल भएको छ, तर हामीले सोचेजस्तो परिणाम भएन भन्ने पनि छ, नसोचेका केही कुरा भए, त्यसैले यहाँ सकेर तुरुन्त काठमाडौं जानु पर्ने भएको छ’ प्रचण्डले भने ‘गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ, अपेक्षा गरेको जस्तो भएन, गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ ।’ प्रचण्डले ७५ वर्ष लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उनले भने ‘अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु, यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो, हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ, अब पनि त्यस्तै पहल आवश्यक देखियो ।’