काठमाडौँ – काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा फराकिलो मतान्तरले विजयी भएपछि सत्यको जित भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हो । उनले आफूमाथि लागेको आरोप जनअदालतबाट खारेज भएको समेत बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेसका उम्मेदवार शिव हुमागाईलाई ५ हजार ८ सय ६३ मतले पराजित गर्दै बास्कोटा विजयी भएका हो । एमालेका उम्मेदवार बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गरेका हो ।
उनका निकटतम प्रतिद्वन्दी हुमागाईले ३९ हजार ४ सय ८२ मत प्राप्त गरेका छन् ।





प्रतिक्रिया