शुक्रबार साँझ सम्पन्न मतगणना परिणामअनुसार लोसपा अध्यक्ष ठाकुर आफना निकटतम प्रतिद्वन्द्वीलाई दुई हजार पचास मतअन्तरले विजयी भएका हुन् । पाँच दलीय गठबन्धका साझा उम्मेदवार समेत रहेका अध्यक्ष ठाकुर १६ हजार ३७५ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा अध्यक्ष ठाकुर सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।





प्रतिक्रिया