देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुगुमा प्रदेशसभा (२) मा माओवादी केन्द्रका शाही विजयी

देशान्तर

मुगु – मुगुमा प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मङ्गलबहादुर शाही विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गरेका हुन् ।

जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार विजयी शाहीले आठ हजार चार सय २९ मत प्राप्त गरे । एमाले उम्मेदवार मल्लले चार हजार आठ सय ८४ मत ल्याए । यस क्षेत्रमा कूल १३ हजार छ सय २६ मत खसेको थियो । शाहीले मल्ललाई तीन हजार पाँच सय ४५ मतान्तरले पराजित गरेका हुन् ।

यसअघि प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका थिए। उनी १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी भएका हुन् । शाहीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजबहादुर कार्कीलाई तीन हजार नौ सय ९४ मतान्तरले पराजित गरेका थिए ।

यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल विजयी भएका थिए । उनले छ हजार छ सय १८ मत प्राप्त गर्दै सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमलाई पराजित गरेका थिए ।