देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब ७ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी

देशान्तर

काठमाडौँ – प्रतिनिधि सभाका १ सय ६५ क्षेत्र मध्ये १ सय ५८ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।

अब ७ वटा निर्वाचन क्षेत्रको मात्रै नतिजा आउन बाँकी रहेको छ । मत गणना जारी रहेका दुई क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले एक–एक स्थानमा अगाडि रहेका छन् । धनुषा ४ मा कांग्रेस र सुनसरी ३ मा एमाले उम्मेदवारहरू अगाडि रहेका छन् । अस्तिदेखि मतगणना अवरुद्ध भएको परराष्ट्रमन्त्री डा. नारायण खड्का उम्मेदवार रहेका उदयपुर–१ र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेका सुनसरी–४ मा भने अझै मतगणना सुचारू हुन सकेको छैन ।

दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मत गणना सुरू हुन नै बाँकी रहेको छ । पछिल्लो परिणाम अनुसार सुनसरी–१ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राई निर्वाचित भएका छन् । राईले १७ हजार ५९ मतसहित विजयी भएका हो । उनका निकटतम् प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरे ।

अहिलेसम्म घोषित परीणाममा नेपाली कांग्रेस ५३ स्थानमा विजयी हुँदा एमाले ४२ सिटका साथ दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, जनता समाजवादी पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एक–एक स्थानमा जित हासिल गरेका छन् ।

साथै ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरू विजयी भएका छन् ।