काठमाडौं – काठमाडौँ महानगरले थापाथलीस्थित वाग्मती किनारको सुकुम्वासी बस्ती हटाउन खोजेको भन्दै सो क्षेत्रमा बसोबार गर्ने नागरिकले विरोध गरेका छन् ।
बस्ती हटाउनका लागि आज दिउँसो काठमाडौँ महानगरको नगर प्रहरी र डोजर पुगेको थियो । महानगर प्रहरी र सुकुम्वासीबीच मुठभेड हुँदा साढे चार घण्टासम्म थापाथली परिसर असान्त बन्न पुगेको थियो ।बस्ती खाली गराउन पुगेका महानगरका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते भएका छन् ।
सुकुम्बासी बस्ती खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली थापाथली पुगेको थियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते भएका छन् ।घाइतेहरुको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
बस्ती हटाउने सूचना पाएपछि सुकुम्वासी बासिन्दा विरोधमा उत्रिएका थिए । उनीहरूले महानगर प्रमुख बालेन साह विरुद्ध नारा लगाएका थिए । केही बासिन्दाहरु विरोधमा उत्रिरहँदा केही भने घरबाट सामान निकाल्न व्यस्त थिए ।
यस सुकुम्वासी बस्तीमा एक सय ३६ घर रहेको छ । बस्ती तनावग्रस्त बनेपछि नगर प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटाइएको थियो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानान्धरले एकीकृत वाग्मती सभ्यता विकास समितिलाई सहयोग गरेको बताए ।





प्रतिक्रिया