देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्का निर्वाचित

देशान्तर

काठमाडौं – उदयपुरको क्षेत्र नं १ बाट प्रतिनिधिसभामा हाल परराष्ट्रमन्त्री रहेका नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी भएका छन्। खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका छन्।

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो। मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझीले तेस्रो स्थान प्राप्त गरे। यस क्षेत्रमा १६ जनाले प्रतिस्पर्धा गरेका थिए।

खड्कालाई रोक्न पुरानै प्रतिस्पर्धी एमाले नेतृ मञ्जुकुमारी चौधरी मैदानमा उत्रिए पनि सफल भइनन्। पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी छन्। विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित गरेका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार थिइन् ।