देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनसरी–४ मा सञ्चारमन्त्री कार्कीको अग्रता कायमै

देशान्तर

काठमाडौं – सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन्। उनले हालसम्म तीन सय २८ मतको अग्रता कायम राखेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २६ हजार दुई सय ३५ मत प्राप्त गरेका छन्।

उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो।