देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रभु बैंक लिमिटेड र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाउद्यम नेपाल बिच सम्झौता

देशान्तर

काठमाडौँ –प्रभु बैंक लिमिटेड र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाउद्यम नेपाल बिच सम्झौता भएको छ ।

प्रभु बैंक लिमिटेड र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाउद्यम नेपाल बीच व्यापार र प्रतिस्पर्धात्मकता अन्र्तगतको सहयोग सम्बन्धि सम्झौता पत्रमा युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना का तर्फबाट पार्टी प्रमुख प्रतिनिधि एग्नेस लुजले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई कोभिड १९ को महामारीपछि सुधार गर्दै दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहूँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

उक्त लक्ष्य हासिल गर्न युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीहरुको सिप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरुको संचालन तथा नयाँ नयाँ विधि, प्रविधि, स्रोत तथा साधनहरुको प्रयोग गर्नेछ ।