देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री कार्कीले भने – फेरि देउवाकै नेतृत्वमा सरकार बन्छ

देशान्तर

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी सरकार कसको नेतृत्वमा बन्ने बारेमा मुख खोलेका छन् ।

बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । उनले भने’कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्नु हुनेछ।’ उनले मतदाताले आफूमाथि विश्वास गरेकोप्रति आभार व्यक्त गर्दै धन्यावाद दिए ।

कार्कीले एमाले उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतान्तले पराजित गरेका हो ।