देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाकाली नदी किनारमा भारतले निमार्ण गरिरहेको तटबन्धको काम रोक्ने सहमति

देशान्तर

दार्चुला- महाकाली नदीको किनारमा भारतले एकतर्फी रुपमा निमार्ण गरिरहेको तटबन्धको काम तत्काल रोक्ने सहमति भएको छ । भारतको धार्चुलामा आज बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा विवादित क्षेत्रमा तत्काल काम रोक्ने सैद्धान्तिक सहमति भएको हो ।बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
विवादित ठाउँमा काम रोकेर अघि बढ्ने, भारतीय पक्षले निर्माण गरेका सामग्रीहरु हटाएर नेपालतर्फ भएर बगिरहेको पानीको बहावलाई बीच भागमा पार्ने गरी १० दिनभित्र काम गर्ने सहमति भएको प्रजिअ उपाध्यायले बताए।भारतले सदरमुकाम नजिकैको बाङ्गाबगड क्षेत्रमा महाकाली नदीको बहाव नेपालतर्फ फर्काएर एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गर्न थालेपछि विवाद भएको थियो ।

बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्याय, सशस्त्र प्रहरी प्रमुख एसपी डम्बर विष्ट, नेपाल प्रहरीका प्रमुख डीएसपी तर्कराज पाण्डे लगायतका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र भारतको तर्फबाट पिथौरागढका डिएम लगायतका सुरक्षा अधिकारीको सहभागिता थियो ।