देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोर्चुगललाई हराउँदै मोरक्को विश्वकपकाे सेमिफाइनलमा

रोनाल्डो गहभरी आँशु लिएर बाहिरिए

देशान्तर

दाेहा- मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो ।

मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्दै इतिहास रचेको छ ।मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले गरेकाे एक गाेल नै निर्णायक गोल बन्याे।

१० खेलाडीमा समेटिएको मोरक्कोले पहिलो हाफमै गोल गरेको थियो ।वालिड चेडिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । पराजयसँगै रोनाल्डो खेल गहभरी आँशु लिएर ड्रेसिङ रुमतर्फ लागेका थिए ।अब मोरक्कोले सेमिफाइनलमा इंग्ल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।