देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अधिकारकर्मी पोखरेल र बस्नेत सम्मानित

देशान्तर

काठमाडौं – चौहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मानवअधिकार सञ्जाल मोरङले दुई अधिकारकर्मीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा माइती नेपालका प्रदेश नं १ संयोजक विनोद पोखरेल र जागरण नेपालका प्रदेश प्रमुख प्रतीक्षा बस्नेत रहेका छन्। उनीहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

प्रमुख कोइरालाले अझै पनि विभिन्न खाले मानवअधिकार हननका घटना भइरहेको बताउँदै मानवअधिकार हननका घटना हुन नदिन मानवअधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको सक्रियता आवश्यक रहेको बताए।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सभ्य र समुन्नत समाज निर्माण गर्न मानवअधिकारको घटना हुन नदिन सजग हुनुपर्छ भने।

नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झा, मानवअधिकार आयोग प्रदेश प्रमुख पवन भट्ट, इन्सेक प्रदेश संयोजक सोमराज थापा, एबिसी नेपालका अध्यक्ष विष्णु शर्मा पन्त, सिविनका प्रमुख वासु अधिकारीलगायतले मानवअधिकार उल्लङ्घनका घटना हुन नदिन सबै क्षेत्रको खबरदारी आवश्यक रहेकामा जोड दिएका थिए।