देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आन्तरिक राजस्व कार्यालयका आठ नक्कली कर्मचारी पक्राउ

देशान्तर

काठमाडौं – नेपाल प्रहरीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी तथा किर्ते गर्ने उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका २९ वर्षीय विनबहादुर विक, पाँचथरका २२ वर्षीय सृजना भट्टराई, अछामका १९ वर्षीय सागरजङ्ग लुहार, अछामकै २३ वर्षीय दुधकला विश्वकर्मा, सिन्धुपाल्चोककी २३ वर्षीय प्रमिशा तामाङ, नुवाकोटकी २१ वर्षीय अञ्जना तामाङ, कञ्चनपुरका २४ वर्षीय राजीव विष्ट र कञ्चनपुरकै २५ वर्षीय डेविड धामी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ भन्दै कर असुलीको नाममा ठगी र किर्ते काम गरेकाले पक्राउ गरिएको जानकारी दिए। प्रहरीले पक्राउ परेकासँग आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटरप्याड, परिचयपत्र, नगद रसिदसहित रु पाँच लाख आठ हजार छ सय ४० बरामद गरेको छ । प्रहरीले उनीहरुलाई ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिएको बोहोराले बताए।