काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयका कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था नरहेको बताएका छन् । मंगलबार संसद् सेवा दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद् सचिवालयको लागि बजेट बढाउन नमिल्ने बताएका हुन् ।
जनताको आर्थिक अवस्था कमजोर भएका बेला कर्मचारीहरुले आफ्ना थप सुविधा माग गर्न नमिल्ने भन्दै उनले देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरुलाई सम्बोधन गर्न जोड दिने बताए ।
उनले संसदको कामकारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि औंल्याएका छन् ।





प्रतिक्रिया