देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले अर्थतन्त्र सुधारको प्रयास गरिरहेको छः शर्मा

देशान्तर

काठमाडौँ –  अर्थमन्त्री जनार्दन शर्माले सरकारले अर्थतन्त्र सुधारका प्रयास गरिरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले अहिले विभिन्न चुनौती सामाना गर्दै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको बताएका हुन् ।

निजी क्षेत्रका समस्या समाधानका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । उनले बजेटबाट आयात प्रतिस्थापनलाई मुख्य जोड दिएको भन्दै आयात प्रतिस्थापनमा भइरहेको प्रगति पर्याप्त नरहेको धारणा राखे ।

राष्ट्रिय उत्पादन वृद्धिको आवश्यकता रहेकाले सबैलाई आयत प्रतिस्थापन गर्नुपर्ने बोध गराउन आवश्यक रहेको उनको भनाइ छ ।