काठमाडौँ – संसद् सचिवालयले नवनिर्वाचित सांसदहरुको जन्म मितिसहितको विवरण पठाउन निर्वाचन आयोगलाई पत्राचार गरेको छ । आयोगले बिहीबार उपलब्ध गराएको विवरणमा जन्म मिति र उमेर नखुलेपछि संसद सचिवालयले आयोगलाई शुक्रबार पत्र पठाएको हो ।
आयोगले पठाएको विवरणअनुसार जेष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ गराउनुपर्ने भएकाले उमेरसहितको विवरण मागिएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
आयोगले विवरण उपलब्ध गराएपछि सचिवालयले राष्ट्रपति कार्यालयलाई ज्येष्ठ सदस्यको नाम सिफारिस गर्ने र त्यसपछि राष्ट्रपतिले शपथ गराउने व्यवस्था रहेको छ ।
जेष्ठ सदस्यको सपथपछि अरू सांसदहरुले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् ।





प्रतिक्रिया