काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशीक रोजगारीमा गएका नेपालीहरुले दुःख गरी कमाएर पठाएको रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित गर्ने काम मात्रै भएको बताएका छन् ।
आईतवार अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२को अवसरमा आयोजित नेपाल आप्रवासन प्रतिवेदन २०२२ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले श्रमिकले पठाएको रेमिट्यान्स मात्रै नभएर श्रमिकहरुले भोग्नुपरेका विषयमा सरकार गम्भिर हुन आवश्यक रहेको बताए ।
मन्त्री कुँवरले सरकारले वैदेशीक श्रमिकको हकमा मर्यादित र व्यवस्थित कसरी गर्ने भन्ने कुरालाई विशेष ध्यान दिन जरुरी रहेको बताए ।
उनले सरकारले श्रमिक पठाउने मात्रै नभएर विदेशमा गएका श्रमिकले भोग्नुपरेका समस्याको विषयमा पनि गम्भिर हुन आवश्यक रहेको बताए ।
उनले सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पाएको दुःखलाई कम गर्न भएपनि सरकारले श्रमिकका हक र अधिकारलाई स्थापित गर्ने गरी नीतिहरु तय गर्न आवश्यक रहेकोले सरकारले काम गरिरहेको बताए । उनले नेपाली श्रमिकहरुलाई विदेशमा पठाउँदा श्रमिकको मर्यादा र व्यवस्थापनलाई विशेष ध्यान दिन जरुरी रहेको बताए ।





प्रतिक्रिया