देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रवि लामिछाने दिए राजनीतिक भेटघाटलाई तीव्रता

देशान्तर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।

नयाँ सरकार गठनको लागि राजनीतिक दलहरूबीच गृहकार्य तीव्र भइरहँदा सभापति लामिछानेले निर्वाचन जितेकोमा बधाई आदानप्रदान गर्ने भन्दै राजनीतिक पार्टीका शीर्ष नेताहरूसँगको भेटभाटलाई तिव्रता दिएका छन् ।

लामिछानले शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ओली निवास बालकोटमा पुगेर भेटघाट गरेका थिए । अध्यक्ष ओलीसँगको भेटमा निर्वाचन जितेपछिको शुभकामना आदानप्रदान भएको लामिछानेको भनाई छ ।

केही दिनअघि सभापति लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए । सो क्रममा लामिछानेले बधाई आदानप्रदान गर्नुका साथै आफूहरू सरकारमा जान तयार रहेको बताएका थिए। लामिछान नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरेर २० सिट जितेको छ ।

नयाँ सरकार गठनमा राष्ट्रिय स्वतन्त्र पार्टी महत्वपूर्ण हिस्सा बनेको छ ।