देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

देशान्तर

काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा ७६ उपधारा २ अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले सात दिनको समय दिएकी छन् ।

नेपालको संविधानको धारा ७६ उपधारा २ मा प्रतिनिधि सभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने व्यवस्था छ ।

त्यही व्यवस्थाअनुसार आउँदो १० गते आइतवार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न भनिएको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।